सौराहामा चौधौँ हात्ती महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवन, १ पौष। पर्यटकीय नगरी चितवनको सौराहामा चौधौं हात्ती महोत्सव हुने भएको छ ।

आयोजक क्षेत्रीय होटल संघ चितवनले सौराहामा आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

महोत्सवमा हात्ती फास्ट वाक प्रतियोगितामा २० वटा, हात्तीका छावाको फुटबल प्रतियोगितामा १० वटा, हात्ती शृंगार प्रतियोगितामा पाँचवटा, हात्ती पोलो प्रतियोगितामा आठ वटा र हात्ती पेन्टिङ प्रतियोगितामा पाँच वटा हात्तीलाई सहभागी गराइने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ पुस ११ गतेदेखि सुरु हुने महोत्सव पुस १५ गतेसम्म चल्नेछ । महोत्सव आयोजनाका लागि क्षेत्रीय होटल संघ चितवनलाई युनाइटेड हात्ती सहकारी संस्थाका साथै मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन, रेवान सौराहा, सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समूह पनि सहयोग गर्नेछन् ।

महोत्सवको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);