सौराहामा पुस ११ गते देखि हात्ती महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सौराहामा पुस ११ गते देखि हात्ती महोत्सव हुने

चितवन, २४ मंसिर । पर्यटकीय नगरी सौराहामा आगामी पौष ११ गते देखि हात्ती महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ सौराहाले सोमवार पत्रकार सम्मेलन गरी हात्ती महोत्सवबारे जानकारी दिएको हो ।

महोत्सवका संयोजक सुमन घिमिरेले यसपल्ट हात्तीको वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीका छावाहरुबीचको फुटवल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता राखिएको छ ।

त्यसैगरी, हात्ती पोलो, हात्ती पेन्टिङ, कवि गोष्ठी र विविध सांस्कृतिक महोत्सवको अर्काे आकर्षण भएको संयोजक घिमिरेले बताए । सौराहामा १५ वर्षदेखि बाह्य पर्यटनकलाई लक्षित हात्ती महोत्सव हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);