चितवनको सौराहामा हात्ती महोत्सव शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवनको सौराहामा हात्ती महोत्सव शुरु

chitwal-elephant

राजेन्द्र आचार्य
चितवन, ११ पुस । बुधबार देखि चितवनको सौराहामा हात्ती महोत्सव शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हात्ती महोत्सवको उद्घाटन गरेकी हुन् । महोत्सवमा हात्तीका विभिन्न खेल देखाएर पर्यटकलाई मनोरञ्जन प्रदान गरिन्छ ।

१५ बर्ष अघि चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले सुरु गरेको चितवन हात्ती महोत्सव चितवनको पहिचानको रुपमा स्थापित भएको छ । अन्तर्राष्ट्रिय हात्ती दौडबाट सुरु गरिएको कार्यक्रमलाई परिमार्जन गर्दै व्यवसायीहरुले चितवन हात्ती महोत्सवको रुपमा स्थापित गराउन सफल भएका हुन् ।

खेललाई परिमार्जन गर्दै महोत्सवमा परिणत गरेको र हात्ती महोत्सव चितवनको ब्राण्ड बनिसेकेको आयोजक क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । महोत्सवलाई लक्षित गरी विभिन्न ध्वजापताकाले सौराहालाई दुलही झैँ सिगाँरिएको छ ।

महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउन थालेका छन् । महोत्सव अन्तर्गत पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुने आयोजले जनाएको छ ।

हात्ती फाष्टवाकमा २० टिम, पोलोमा ४ टिम, फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् ।

यस बर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी पनि समावेश गरिएको छ । देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको संघका अध्यक्ष घिमिरेले बताए ।

हात्ती महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गते सम्म सञ्चालन हुनेछ । नेपालमा मात्र खेलिने हात्ती पोलो खेल यस महोत्सवको मुख्य आकर्षणको रुपमा लिइनेगरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);