पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव हुने

काठमाडौं, ३ पुस ||
पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव सञ्चालन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । चितवनको सौराहामा आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि शुरु गर्न लागेको बताउनु भयो । विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरु लाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताउनु भयो । उहाँले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);