दुई वर्ष रोकिएको खिचरा महोत्सव यस बर्ष हुने। | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दुई वर्ष रोकिएको खिचरा महोत्सव यस बर्ष हुने।

खैरहनी, चितवन \ माउन्टेन टेलिभिजन् एचडी। दुई बर्ष देखी रोकिएको खिचरा महोत्सव यस बर्ष भने हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण सञ्चालन हुन नसकेको महोत्सव पुसको अन्तिम साता सञ्चालन हुने आयोजकले जनाएको छ । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा आयोजना हुँदै आएको महोत्सव यस वर्ष समय सहज भएपछि संचालन हुने भएको हो । थारु कल्याणकारीणी सभाको आयोजनामा उक्त महोत्सवको आठौं संस्करण सञ्चालन गर्न लागिएको बताइएको छ ।

आयोजकले पत्रकार सम्मेलन गर्दै पुसको अन्तिम सातादेखी महोत्सव हुन लागेको जनाएको छ। महोत्सव पुस २९ गतेदेखी माघ ९ गते सम्म खैरहनी ५ स्थित जवकौलीमा हुनेछ। थारु समुदायको संस्कृति र खानाका परिकारको संरक्षण गर्ने मुख्य उदेश्य राखेर महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक मूल समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । संयोजक चौधरीका अनुसार महोत्सवमा थारु लगायत अन्य समुदायको परम्परागत भेष भूषा सहितको संस्कृति प्रर्दशन, थारु खानाका विशेष परिकार, हस्तकलाका सामग्री र तराइका विभिन्न जिल्लाका थारु विषेश सांस्कृतिक प्रस्तुति रहने छन् ।
महोत्सवमा १२० वटा स्टल रहनुका साथै करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);