जापानमा पहिलो पटक नेपाल महोत्सव हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जापानमा पहिलो पटक नेपाल महोत्सव हुँदै

जापानमा नेपाल महोत्सव सम्पन्न

महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जुन १५ र १६ तारिकका दिन हुने

काठमाडौं, २७ जेठ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यका साथ जापानको नागोयामा नेपाल महोत्सव २०१९ आयोजना गर्न लागिएको छ ।

जापानको नागोयामा बसोबास गर्दै आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२०लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीत लगायत रहने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताउनुभयो ।

जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयात्रको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसंस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुँदैछन् । महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जुन १५ र १६ तारिकका दिन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);