भवन भत्किँदा भारतमा तीन नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भवन भत्किँदा भारतमा तीन नेपालीको मृत्यु

काठमाडौं, २६ असार । दक्षिण भारतीय राज्य कर्नाटकमा एक भवन भत्किँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान बैगंलुरुको कस्टाउनस्थित चार तले अपार्टमेन्टको पहिलो तल्ला भासिँदा बझाङ थलरा गाउँपालिका बगडाका २८ वर्षीय नारायण खड्का, उनकी श्रीमती २३ वर्षीय निर्मला खड्का र छोरी चार वर्षीय अनुष्का खडकाको मृत्यु भएको हो ।

नारायणले सोही भवनको अपार्टमेन्टमा विगत ६ वर्षदेखि सुरक्षागार्डको काम गर्दै आएका थिए । खड्का परिवार उक्त भवनको भुईं तल्लामा टेन्टले बारेर बस्दै आएका थिए । घटनामा दुई भारतीय नागरिकको पनि मृत्यु भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);