कार्तिक २१ देखी २३ सम्म वीरगञ्जमा चलचित्र स्वर्णिम महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कार्तिक २१ देखी २३ सम्म वीरगञ्जमा चलचित्र स्वर्णिम महोत्सव हुने

काठमाडौं, ६ कात्तिक । नेपाली चलचित्रको माध्यमबाट नेपाली कला संस्कृतिको प्रवर्द्धन र विकासमा सहयोग पु-याउने उदेश्यले नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ आयोजना गरिने भएकोछ ।

राजधानीमा बुधवार आयोजित पत्रकार सम्मेलनमा यही कार्तिक २१, २२ र २३ गते पर्साको बीरगञ्जमा उक्त महोत्सव हुन लागेको जानकारी दिइएको हो ।

तराई पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले नेपाली चलचित्रको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महोत्सवको व्यवस्थापन चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड र नेपाल उद्योेग बाणिज्य महासंघले गर्ने छन् ।

सहआयोजकमा भने वीरगञ्ज उद्योेग बाणिज्य महासंघ रहेको छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महोत्सवले नेपालको संस्कृति साहित्य तथा कलालाई प्रदर्शन गरिने हुनाले यस्ता महोत्सव हुन जरुरी रहेको बताउनुभयो ।

तीन दिन सम्म चल्ने महोत्सवमा स्वदेश तथा बिदेशका ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहनेछ । महोत्सवको राष्ट्रिय स्तरका टेलिभिजबाट प्रत्यक्ष प्रसारण हुने र ६० देखि ७० हजार दर्शकको सहभागिता रहने बिश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);