नेपाली चलचित्र स्वर्णिम महोत्सवले वीरगञ्जको माहोल चलचित्रमय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली चलचित्र स्वर्णिम महोत्सवले वीरगञ्जको माहोल चलचित्रमय

chalachitra mahatsov

वीरगञ्ज, २२ कात्तिक । बिहीबारदेखि सुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवले वीरगञ्जको माहोल मै परिवर्तत ल्याएको छ । औद्योगीक नगरीका रुपमा परिचित वीरगंजमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कालाकारहरुको आगमनले पुरै रौनक छाएको छ ।

नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा सहभागी हुनका लागि देश तथा विदेशबाट वीरगजं पुगेका कलाकारहरु हजारौं दर्शक तथा सुभचिन्तकहरुको साथ र माया पाएपछि निकै उत्साहित देखिएका छन् । उत्साहित कलाकारहरुले यस प्रकारको महोत्शव बेलाबेलामा गरिनु पर्ने बताएका छन् ।

कति पय कालाकारहरु ३२ वर्ष पछि वीरगंज पुग्दा खुशी भएका छन् । वीरगंज पुगेर स्थानीयको माया पाएर दगं परेका कलाकारहरुले यस्तो महोत्सवले कलाकारहरुलाई लगायत चलचित्र उद्योगलाई नै फाइदा पुग्ने बताएका छन् ।

बिहीबार दिन भरि सबै पाहुना कलाकारहरुलाई स्वागत गर्न तथा कलाकारहरुसंग सेल्फी लिनका लागि पनि स्थानीयहरुको निकै तछाड मछाड देखिन्थ्यो । शुक्रबार पनि महोत्सवले काठमाडौंबाट आएका कलाकारहरुमा मात्र नभई स्थानीय कालाकारहरुमा पनि उतिकै उत्साह थपेको छ । आफुले मन पर्ने कालाकार आफ्नै स्थानमा भेट्न पाउँदा वीरगंञ्ज बासी तथा स्थानीय कलाकारहरुले निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

चलचित्र महोत्सवका आयोजक नेपाल चलचित्र निर्माता सघं पनि वीरगंञ्जका दर्शकहरुको माया देखेर निकै उत्साहित भएको छ ।

कला, साहित्य तथा संकृतिको एक संगमको मिलन बिन्द बन्न सफल भएको वीरगंजको स्वर्णिम चलचित्र महोत्सव सबैको मन अनि माया पनि जोड्न सफल भएको आम विष्लेशकहरुको भनाई छ । यसका साथै यस्तो महोत्शवले तराई मधेशका कलाकारहरुलाई मुलधारको चलचित्रमा समावेश हुने अवशर पाउने स्थानीय कलाकारहरुको अपेक्षा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);