भारतको नयाँ नक्साको विरोधमा नेविसंघद्धारा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतको नयाँ नक्साको विरोधमा नेविसंघद्धारा प्रदर्शन

nebi sangh ko birodha

काठमाडौं, २२ कात्तिक । भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्रदर्शन गरेको छ ।

शुक्रबार पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’ लगायतका नारा लगाएका थिए । भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);