भारतले सार्वजनिक गरेको नक्साको विरोधमा काँग्रेसको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा काँग्रेसको प्रदर्शन

darchula-congress pradarshan

दार्चुला, १३ मंसिर । लिपुलेक कालापानी र लिम्पियाधुरा सामेल गरी भारतले सार्वजनिक गरेको नक्साको विरोधमा नेपाली काँग्रेस दार्चुलाले दार्चुला सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले भारत विरोधी चर्का नारा लगाएका थिए । राज्यले दार्चुलाको उत्तरी सिमानामा सुरक्षा निकाय खटाउनु पर्ने माग राख्दै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शन सदरमुकाम खलंगा बजार परिक्रमा गर्दै नेपाल भारत जोड्ने झोलुंगे पुल घाटमा गई कोण सभामा परिणत भएको थियो । नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकारको विरोध स्वरुप २ घण्टा यातायात पनि बन्द गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);