भारतविरुद्ध दार्चुलामा नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतविरुद्ध दार्चुलामा नेविसंघको प्रदर्शन

दार्चुला, २३ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुमिलाई समावेश गरेको विरोधमा नेपाल विद्यार्थी सघंले दार्चुलामा प्रदर्शन गरेको छ ।

नेपालको कालापानी, लिपुलेक लगायतका भुभागलाई भारतले आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा नेपाली विद्यार्थी सघंले शनिबार प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतसँग चाँडो भन्दा चाँडो कुटनीतिक पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

प्रदर्शनमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रो हो, नेपाल सरकार कुटनीतिक पहल गर जस्ता नाराहरु लगार्ई दार्चुला सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुंगे पुल पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);