'चीन र भारतले नेपालसँगको सम्बन्धलाई ‘टु प्लस वान’को रणनीति बनाउन खोज्यो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘चीन र भारतले नेपालसँगको सम्बन्धलाई ‘टु प्लस वान’को रणनीति बनाउन खोज्यो’

prachanda-2plus1

काठमाडौं, १३ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारत र चीनले नेपालसंगको सम्बन्धलाई ‘टु प्लस वान’को रणनीति बनाउन खोज्नु उपयुक्त नभएको बताउनु भएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको बताउनुभयो ।

दाहालले २ जोड १ ले दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफुलाई उपयुक्त नलागेको भन्दै चिन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले नेपाल, भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि बताउनु भयो । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नु पर्ने दाहालको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);