काभ्रेको भकुण्डेमा चैत २९ गतेदेखि तेस्रो तामाङ चलचित्र महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काभ्रेको भकुण्डेमा चैत २९ गतेदेखि तेस्रो तामाङ चलचित्र महोत्सव हुने

काभ्रे, २८ चैत । काभ्रेको भकुण्डेमा चैत २९ गतेदेखि तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा हुन् गई रहेको तेस्रो तामाङ चलचित्रको तयारी पुरा भएको तामाङ चलचित्र संघले जनाएको छ ।

आदिवासी जनजातीहरुले निर्माण गरेका चलचित्रमा तामाङहरुले निर्माण गरेका चलचित्रहरुको विकास एवं प्रबर्द्धनका लागि आयोजना हुन लागेको महोत्सवमा देश भरका तामाङ चलचित्रकर्मीको भेला हुनेछन् ।

७ वर्षपछि निरन्तरता पाएको चलचित्र महोत्सव चैत २९, ३० र बैशाख १ गतेसम्म चल्ने छ । महोत्सवमा चलचित्र प्रदर्शनीका साथै विभिन्न तामाङ कलाकारहरुले पनि प्रस्तुति दिने छन् । हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान भन्ने नाराका साथ हुन लागेको महोत्सवमा आप्लेङगा नाम्सा, रुङसी टिला , सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रदर्शनी गरिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);