फागुन १ देखि ५ गतेसम्म तेस्रो चलचित्र महोत्सव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फागुन १ देखि ५ गतेसम्म तेस्रो चलचित्र महोत्सव

काठमाडौं, २ माघ । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने भएको हो ।

नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पु-याउने उद्देश्य सहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ । बिहीबार पत्रकारसम्मेलन गरी दिइएको जानकारी अनुसार महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने भएका छन् ।

विभिन्न ५५ देशका ६ सय भन्दा बढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्सवमा कथानक चलचित्र, बृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ठ कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसैगरी सर्वोत्कृष्ठ वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वाेत्कृष्ठ एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ठ लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी नेपाली उत्कृष्ठ चलचित्रलाई १ लाख रुपैयाँसहित को पुरस्कार र उत्कृष्ठ लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रको मुल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ ।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);