कलाकारिताबाट नाम र दाम कमाउन सकिन्छ : हरिबंश आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कलाकारिताबाट नाम र दाम कमाउन सकिन्छ : हरिबंश आचार्य

आफ्ना सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने अभिभावकहरुले अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्न थाले

काठमाडौं, १७ पुस । वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताउनुभएको छ ।

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा बोल्दै आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताउनुभएको छ ।

कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उहाँले बताउनुभयो ।

‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीलाई के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्न थाल्नुभएको छ’, उहाँले भन्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);