गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्धबिच्छेद | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्धबिच्छेद

काठमाडौं, ९ पुस । गायक रामकृष्ण ढकाल र उहाँकी श्रीमती निलम साह ढकालबीच सम्बन्धबिच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलमबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो ।

गायक ढकाल दम्पत्तिकी एक छोरी छन् । छोरी भने आमासँग बस्ने गरी मिलापत्र भएको छ । रामकृष्णकी पत्नी निलमले मंगलबार अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिनुभएको थियो । बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो ।

निलमले रामकृष्णबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने गरी सहमति भएको छ । यद्यपी छोरीको लालन-पालनमा भने बाबु-आमाको बराबरी हक लाग्ने गरी मिलापत्र भएको छ । अब ढकाल दम्पत्ती अलग अलग बस्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);