'पोखरा सडक महोत्सव' पुष १२ देखि १६ गतेसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘पोखरा सडक महोत्सव’ पुष १२ देखि १६ गतेसम्म

reban pokhara

काठमाडौं, ६ पुस । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्य सहित रेबान पोखराले पुष १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९-२०’ आयोजना गर्न लागेको हो ।

रेबान पोखराले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका सांस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने बताउनुभयो ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनी लगायत रहेको छ । महोत्सवले पर्यटन वर्ष २०२०लाई समेत सहयोग पुर्‍याउने विश्वास आयोजकको छ ।

pokhara street festival

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);