पत्रकार प्रकाश ढकालको रहस्यमय मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पत्रकार प्रकाश ढकालको रहस्यमय मृत्यु

काठमाडौं,५ मंसिर । गायक,मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशुली किनारमा मृत फेला परेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–७ का ढकाल धादिङको बेनीघाट रोराङस्थित त्रिशुली किनारमा मृत फेला परेका हुन् ।

तिहार मनाएर स्याङ्जाबाट काठमाडौं फर्किने क्रममा उनी बेपत्ता भएका थिए । उनको मृत्युको कारण के कति कारणले भयो भन्ने खुल्न सकेको छैन् । ढकाल र केही कलाकारले उनको मृत्यु रहस्यमय भएको भन्दै सत्यतथ्य छानबिनको समेत माग गरेका छन् ।
मृतक ढकालको परिवारले शंका लागेका २ व्यक्तिविरुद्ध किटानी जाहेरी दिन लागेको स्रोतले जनाएको छ । घरबाट पोखरा हुँदै दमौलीसम्म आएर साथीसँग छुटेको पनि बुझिएको छ । साथीसँगै दमौलीमा खाजा खाएपछि काठमाडौं आउने बस पाएनन् अनि उनका साथी पोखरा नै फर्किए ।

तर प्रकाश भने काठमाडौंतिर लागेको बताइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । गायक ढकालका धेरै गीत चर्चित पनि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);