मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मृत अवस्थामा फेला

death

काठमाडौं । काठमाडौं महानगरपालिका-१९ मरुस्थित डेरा गरी बस्ने धनकुटा सहिद भूमि गाउँपालिका-७ घर भएका ३८ वर्षीय सुरेन राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ५३ वर्षीया कन्थी देवी कठायत सोही ठाउँस्थित शिवशक्ति सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त वनमा शव फेला परेको हो ।

कास्की, पोखरा महानगरपालिका(२३ स्थित तगारोमा डेरा गरी बस्ने चितवन घर भएका ३५ वर्षीय श्री विक सोही ठाउँस्थित बाम्दी हर्पन खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);