पानी जमेको खाल्डोमा डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पानी जमेको खाल्डोमा डुबेर मृत्यु

कैलाली धनगढी उपमहानगरपालिका ९ रामनगर टोल बस्ने शिवराज बिष्टको छोरा डेढ बर्षीय अनमोल बिष्टको पानी जमेको खाल्डोमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि पानी जमेको खाल्डोमा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका २ तिलौली बस्ने टोप नारायण राय चौधरीको छोरा ८ वर्षीय बिकाश राय चौधरीको माछा पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो साथिहरुसँग खेल्ने क्रममा घरदेखि करिब १ सय मिटर टाढा रहेको उक्त पोखरीमा खसेर डुब्दा अशक्त भएका उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);