विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु 

काठमाडौं। बाँके, सल्यान र रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ। घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने ४० वर्षीय पूर्ण बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको  हो । रूपन्देहीको सियारी गाउँपालिका–२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply