पोखरामा आज सप्तरंग साँझ, आधा दर्जन कलाकार एकै ठाउँमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरामा आज सप्तरंग साँझ, आधा दर्जन कलाकार एकै ठाउँमा

पोखरा । मुलुकका सातवटै प्रदेशमा आयोजना हुने गरी सुरु भएको सप्तरंग साँझको गण्डकी संस्करण आज शुक्रबार हुँदैछ । पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तूति दिनेछन् । ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’सँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ ।

२४ मंसिरदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रम पोखरामा सकिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए । सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्री लगायत उपस्थित छन् ।

कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरु, पोखरा महानगर कार्यवाहक प्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहनेछ । यो कार्यक्रमले समुदायमा प्रहरीको प्रभावकारीताबारे थप ज्ञान दिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);