नेपाली कांग्रेसले कोरोनाको अवस्था र कांग्रेसको भूमिका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली कांग्रेसले कोरोनाको अवस्था र कांग्रेसको भूमिका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने

काठमाडौं । नेपाली कांग्रेसले देशभर कोरोनाको अवस्था र कांग्रेसको भूमिका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।

आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।

आजबाट सुरु हुने कार्यक्रममा बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश, अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेश, जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि बागमती प्रदेशका जिल्लाको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश २ र अपराह्न ४ बजेदेखि प्रदेश १ का जिल्लाको सहभागिता रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);