मेरो धरहरा म आफै बनाउँछु, पुरा भयो ओली सपना, आज उद्घाटन गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

मेरो धरहरा म आफै बनाउँछु, पुरा भयो ओली सपना, आज उद्घाटन गरिँदै

काठमाडौँ। २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहराको आज उद्घाटन गरिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहरा उद्घाटन गर्नुहुने कार्यक्रम छ । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरु मात्र रहने छन् ।

कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

धरहरा उद्घाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । धरहरा पूर्णरुपमा तयार भइसकेको छैन । २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ ।

बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ ।

हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले बताए ।

वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);