प्रविधियुक्त धरहराको पुर्णनिर्माण गर्यौ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रविधियुक्त धरहराको पुर्णनिर्माण गर्यौ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ अत्याधुनिक समान प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् ।

शनिबार नवनिर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरानै शैलीको अवधारणा अनुसार धरहरा निर्माण गरिएको बताएका छन् ।

ओलीले धरहराको उद्घाटन आफ्नै नेतृत्वकालमा गनै पाउदा खुुसी लागेको बताएका छन । प्रधानमन्त्री ओलीले धरहरा सुन्दर र आकर्षित हुनुकौसाथै उतिकै मजबुद ढंगबाट बनेको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन । उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको बताए । विश्व कोभिड १९ को महामारीसँग जुधिँरहेको स्मरण गर्दै प्रधानमन्त्रीले कोभिडबाट सुरक्षित रहँदै विकास र निर्माणका कामलाई अघि बढाएको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले एक समारोहकाबीच शिलालेखको अनावरण गरेर धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि २० तल्लामा रहेको बर्दालीमा पुगेर पुष्पवृष्टि गरेका थिए । रिवन काटेर धरहरा प्रवेश गरेका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टि गरेका हुन्। ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकनसमेत गरेका थिए।

प्रधानमन्त्री ओलीले २० औँ तलामा पुगेर धरहराको उद्घाटन गरे पनि यो सर्वसाधरणको लागि खुला भएको छैन् । धरहराको आसपास अन्य संरचनाको काम नसकिएकाले अझै ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);