भुकम्पले ढलेको धरहरा यसरी उठ्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भुकम्पले ढलेको धरहरा यसरी उठ्यो (भिडियाेसहित)

अप्सरा गौतम
काठमाडौं, २५ चैत ।
२०७२ साल बैशाख १२ गते आएको भूकम्पले टुक्रा टुक्रा भएको धरहरा जुरुक्क उठेको छ । भूकम्पका कारण छिया छिया भएको धरहरा अहिले भने सग्लो बनेको छ । यसको पूनर्निर्माणको कामले तिब्रता पाएको छ । वरिपरीको संरचना निर्माणधीन रहेपनि धरहरा स्तम्भको काम भने लगभग सकिएको छ ।

बैशाखमा धरहराको उद्घाटन गर्ने लक्ष्यका साथ अन्तिम चरणका कामहरु भईरहेको छ । सुरुमा कहिले र कसले निर्माण गर्ने भनी अलमलमा रहेको धरहराले अब भने पूर्णता पाउने भएको छ । २०७५ पुष १२ गते प्रधानमनत्री केपीशर्मा ओलीले धरहरा पुनः निर्माणको शिलान्यास गरेपछि धरहराको पूनर्निर्माणको काम सुरु भएको हो । हाल स्तम्भमा गजुर राख्ने देखि बिद्युत जडान लगायत रंगरोगनको काम भईरहेको छ ।

हाल पार्किङका लागि ट्रिपलवेष्टमेन्टको काम भईरहेको छ । जहाँ चार सय ४ पाँग्रे र ७ सय २ पाँग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ । पूनर्निर्माणको अन्तिम चरणमा रहेको धरहराको स्तम्भ जमिन मुनि दुईतला र जमिन माथि २३ तला गरी २५ तलाको निर्माण भएको छ । भिमसेन थापाले निर्माण गरेको धरहरा ११ तलाको थियो । ११ तलाको धरहरा ६२ मिटरको उचाई थियो भने हाल गजुर सहित ९४ मिटर उचाईको रहेको छ ।

३ अर्व ४७ करोड ५० लाख लागत अनुमान रहेको धरहरा पूनर्निर्माणमा हाल सम्म २ अर्व खर्च भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालको नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिने घोषणा गरेसंगै बैशाख ११ गते उद्घाटन गर्ने लक्ष्यका साथ काम भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);