कृषकहरुलाई आत्मनिर्भर बनाउन आधुनिक मौरीपालन तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कृषकहरुलाई आत्मनिर्भर बनाउन आधुनिक मौरीपालन तालिम

उदयपुर, २५ चैत । उदयपुरको बेलका नगरपालिकाका स्थानीयलाई मौरीपालनको तालिम दिईएको छ ।

कृषकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित गत बिहिबारबाट शुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । परम्परागत मुढेघारमा मौरीपालन गर्दै आएका कृषकहरुलाई कार्यक्रममा सहभागिता गराईएको थियो ।

आधुनिक मौरीपालन तालिमले कृषकहरुको व्यवसाय बृद्धि हुने बेलका नगरपालिका कृषिशाखाको विश्वास छ । यस्ता तालिम कृषकहरुको लागि उपयोगी हुने सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा सहभागिहरुले यस्ता तालिम विद्यालय शिक्षा भन्दा प्रभावकारी र व्यवहारिक भएको बताएका छन् । बेलका नगरपालिकाले कृषि प्राविधिक मार्फत नियमित रुपमा कृषि लक्षित कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);