नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को तयारी अन्तिम चरणमा

swadima mahosav

वीरगञ्ज, १० कात्तिक । वीरगञ्जमा आयोजना हुने नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को तयारी तीब्र रुपमा भइरहेको छ । तराई पहाड, हिमालको उत्सव नेपाली चलचित्र महोत्सव–२०७६ नाराका साथ प्रदेश नं.२ को वीरगञ्जमा यहि कात्तिक २१, २२ र २३ गते महोत्सव आयोजना हुन लागेको हो ।

आउँदो कार्तिक २१ गते देखि वीरगञ्जमा चलचित्र महोत्ससव हुने भएको छ । ३ दिनसम्म हुने महोत्सवका लागि वीरगञ्जमा तयारी तीब्र भएको छ । ऐतिहासिक रुपमा हुन लागेको उक्त महोत्सवको आयोजक नेपाल चलचित्र निर्माता संघ तथा सह–आयोजक वीरगञ्ज उद्योग वाणिज्य संघ रहेको छ । यो महोत्सवको संरक्षक वीरगञ्ज महानगरपालिका रहेको छ । कला संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रबद्र्धन गर्दै सबैसंग चलचित्रको आत्मियता बढाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनु भयो ।

सह आयोजक वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगजंमा यस्तो महोत्सव हुनु वीरगञ्जवासी कै लागि गौरवको विषय रहेको जनाएको छ ।चलचित्र महोत्सवको तयारी लगभग अन्तिम चरणमा रहेको संयोजक बिमल पौडेलको भनाई छ । चलचित्रले पनि देशको आर्थिक परिचालन गर्न सक्ने र विदेशीहरुलाई आकर्षण गर्न सक्ने भएको हुनाले पर्यटन प्रबद्र्धनको ठुलो संभावना रहेको पौडेलको भनाई छ ।

महोत्सवमा नेपाल तथा भारतका निर्माता, निर्देशक, कलाकार, प्राबिधिक, लेखक, गीतकार, संगीतकार, गायक, गीतकार, बितरक, प्रदर्शकको बाक्लो उपस्थिति रहने भएकोले वीरगञ्जबासी पनि निकै उत्साहित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);