नेपाली चलचित्र क्षेत्रले मनायाे स्वर्णिम महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली चलचित्र क्षेत्रले मनायाे स्वर्णिम महोत्सव

श्याम गुप्ता
वीरगन्ज, २१ कात्तिक । राष्ट्रिपति बिद्यादेवी भण्डारीले वीरगंजमा बिहीबार नेपाली चलचित्र स्वर्णिम महोत्सवको समुद्घाटन गर्नु भएको छ । नेपाली चलचित्रको ५० वर्ष पुरा भएको अवसरमा नेपाल चलचित्र निर्माता संघको आयोजनामा वीरगंजमा स्वर्णिम महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिपति भण्डारीले सिमित श्रोत साधनबाट डिजिटल प्रबिधिमा नेपाली चलचित्र छलाङ मारेकोमा बधाई दिनु भयो । नेपाली चत्रचित्र नेपालीहरुको एकताको प्रतिक बन्नु पर्ने बताउनु भयो ।

उद्घाटन समारोहमा संचार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले चलचित्र निर्माण क्षेत्रलाई व्यवस्थित गर्न नयाँ कानुन निर्माण प्रकृयामा रहेको जानकारी दिनु भयो । उहाँले बिद्यापति, यसबल्लभ, बिपि, पुष्पलाल, गणेशमान, मदन भण्डारीको जिवनीमा आधारित फिल्म बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो ।

प्रदेश नं.२ का मुख्य मन्त्री लालबाबु राउतले हिमाल, पहाड, तराईलाई जोड्न मधेशको भुमिमा स्वर्णीम महोत्सव गरेकोमा प्रशंसा गर्नु भयो । मुख्य मन्त्री राउतले फिल्म निमार्णमा ठुला लगानीकर्तालाई लगानी गर्न आव्हान पनि गर्नु भयो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपालको पहिलो चलचित्र आमादेखि वर्तमानसम्म आई पुग्दा नेपाली चलचित्र डिजीटल युगमा र अन्तराष्ट्रिय फेस्टीभलसम्ममा प्रवेश गरिसकेको उल्लेख गर्नु भयो । आगामी दिनमा तराई मधेशलाई मुल नेपाली चलचित्रमा समेटिने उद्देश्यले वीरगंजमा स्वर्णिम महोत्सवको आयोजना गरिएको उहाँले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);