कस्तो छ नेपाली चलचित्र उद्योगको अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कस्तो छ नेपाली चलचित्र उद्योगको अवस्था ?

cinema

प्रमिला खतिवडा
काठमाडौं, ९ कात्तिक । पछिल्लो समय नेपाली चलचित्र उद्योग सुधारोन्मुख रहेको छ । केही समय अगाडी नेपाली चलचित्रमा गुणस्तर नभएका कारण हेर्ने दर्शकको कमी रहेकोमा अहिले भने दर्शकको संख्यामा वृद्धि भएको पाइन्छ । अहिलेकै गतिमा गए नेपाली चलचित्रले पनि फड्को मार्ने सरोकारवालाहरुले विश्वास गरेका छन् ।

केही दशक अगाडी निर्माण हुने नेपाली चलचित्रमा मौलिकता, संस्कृति सभ्यता प्रधान हुँदा नेपाली चलचित्रले बजार लिने गथ्र्याे । तर पछिल्लो समय भने अश्लीलता बढी भएको र बलिउडबाट नक्कल गर्ने गरेको आरोप लाग्दै आएको छ । नेपाली चलचित्र हेर्न हलसम्म कति दर्शक पुग्छन ? किन पर्याप्त पूग्दैनन ? चलचित्र क्षेत्रमा चल्ने बहस हो । तथापी, नेपाली चलचित्र निर्माणको क्रम रोकिएको छैन । यसले उद्योगको रुपमा आकार लिंदै छ ।

वर्षेनी १५० वटा सम्म चलचित्र निर्माण हुँदै आएको छ । अर्बाै लगानी यस क्षेत्रमा हुँदै आएको छ । तैपनि उद्योगको रुपमा दह्रो हुन भने सकेको छैन । नेपाली चलचित्रले देशको आर्थिक परिचालन गर्ने सक्ने भएकाले नेपाललाई सुटिङ डेस्टिनेशन बनाउने उदेश्य रहेको नेपाली चलचित्रकै हकहितमा लागिपर्नुभएकी नेपाल उधोग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको भनाईछ ।

नेपाली सिनेमालाई विदेशी चलचित्रसंग तुलना गर्न नसकिने भएकाले पहिलो प्राथमिकता नेपाली चलचित्रलाई विकास गर्नेका लागि प्रविधि भित्रयाउन जरुरी रहेको चलचित्रकर्मीको भनाईछ । पछिल्लो समय नेपाली चलचित्रको अवस्था सुधारात्मक भएकाले जीवन यापनका लागि सहज हुने चलचित्र निर्माताको भनाईछ ।

नेपालमा चलचित्र क्षेत्रले उद्योगको रुपमा स्थापित हुन नसक्नुमा सरकारको लगानी नहुनु पनि हो । अर्काे पक्ष समसामयिक ऐनको अभाव पनि देखिन्छ । अब आउन लागेको चलचित्र ऐनमा चलचित्रका समस्या र आवश्यकताको विषयमा सरकारले समेटिदिनुपर्नै सुझाव बरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीको छ । नेपाली चलचित्रलाई विदेशी जस्तो बनाउन चुनौती रहेको नायक तथा निर्माता दीपकराज गिरीको भनाईछ ।

नेपाली चलचित्रमा प्रबल सम्भावना भएकाले यो समयमा दर्शकको चाहनाअनुसार चलचित्र बन्नुपर्छ, चलचित्रमा नयाँपनको साथै, कलाकारमा अभिनय क्षमतामा दक्षता, धैर्यता जरुरी रहनु पर्छ । लेखनशैलीमा मौलिकता हुन जरुरी रहेकोछ । समाजमा विभिन्न किसिमका सन्देश फैलाउदै आएको नेपाली चलचित्रको योगदानको कदर गर्दे अरु सरकारी संघ सस्था जस्तै चलत्रित्रलाइ पनि मान्यता दिनुपर्ने चलचित्र उधोगका विभिन्न संघले सरकारलाई आग्रह समेत गरेकाछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);