‘इनास अवार्ड’ मा विपिन र सलिनमानबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘इनास अवार्ड’ मा विपिन र सलिनमानबीच प्रतिस्पर्धा

bipin and salinman

काठमाडौं, १८ असोज । यही असोज २७ गते अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्न लागेको छैठौं ‘इनास फिल्म अवार्ड’ को उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक भएको छ । ११ विधामा प्रदान गरिन लागिएको अवार्डमा उत्कृष्ट फिल्मको विधामा ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी तीनै फिल्म निर्देशन र लेखन विधामा पनि समान प्रतिस्पर्धी हुन् ।

निर्देशकका लागि ‘बुलबुल’ बाट विनोद पौडेल, ‘प्रसाद’ बाट दिनेश राउत र ‘गोपी’ बाट दीपेन्द्र लामाबीच प्रतिस्पर्धा हुँदैछ । भने, अभिनेताको विधामा ‘गोपी’ र ‘प्रसाद’ गरि दुई फिल्मबाट विपिन कार्की र फिल्म ‘यात्रा’ बाट सलिनमान बनियाँ भिड्दैछन् । अभिनेत्रीको विधामा ‘रोमियो एण्ड मुना’ बाट सृष्टि श्रेष्ठ, ‘साइँली’ बाट मेनुका प्रधान र ‘बुलबुल’ बाट स्वस्तिमा खड्काबीच प्रतिस्पर्धा हुने भएको छ ।

इनासले यसपटक बरिष्ठ संगीतकार रञ्‍जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष- २०२०’ लाई पनि सहयोग पुर्‍याउने उद्येश्यले अवार्ड आयोजना गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठले बताए । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);