एक हप्तामा ‘कबड्डी ३’ को कमाई ७ करोडमाथि | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

एक हप्तामा ‘कबड्डी ३’ को कमाई ७ करोडमाथि

kabaddi 3

काठमाडौं, ११ असोज । गएको जेठ महिनापछि नेपाली फिल्मले भोग्दै आएको व्यावसायिक खडेरीलाई तोड्न सफल भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गरेको छ । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ को दाबी छ ।

मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण ‘कबड्डी कबड्डी कबड्डी’ ले कमाईमा उछाल ल्याएको हो । शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको फिल्मप्रति दर्शकको क्रेज अझै कम भएको छैन । मल्टीप्लेक्समा फिल्मले दोस्रो साता पनि उल्लेख्य सोज पाएको छ । सिंगल थिएटर पनि पर्याप्य छ । दोस्रो हप्ताको अन्त्यसम्ममा फिल्मले १० करोड छाप्ने अनुमान गरिएको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई दर्शकले भने रुचाएका छन् । अर्गानिक फिल्म पस्कने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका रामबाबु गुरुङ बजारमुखी भएको र ‘कबड्डी’ ब्रान्डलाई दुहुनो गाई बनाएको आरोप समीक्षकहरुको छ । कथा र प्रस्तुतिमा नयाँपन खोज्ने दर्शकका लागि यो फिल्मले निराश बनाउँछ । तर, छायांकन र कलाकारको अभिनयले भने फिल्म हेरुन्जेल आनन्द प्रदान गर्छ ।

शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नजिकिँदै गरेको दशैं विदाको पनि फाइदा उठाउने देखिन्छ । फिल्मिखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);