‘इन्टु मिन्टु लण्डनमा’ को कलेक्सन साढे ४ करोड ग्रस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘इन्टु मिन्टु लण्डनमा’ को कलेक्सन साढे ४ करोड ग्रस

intu mintu londonma

काठमाडौं, २० असोज । वर्ष ०७५ को सुरुवातदेखि असोज तेस्रो हप्तासम्म आइपुग्दा चार दर्जन बढी फिल्म रिलिज भइसकेका छन् । तर, लगानी सुुरक्षित गर्न भने फिल्म ‘नाईं नभन्नू ल ५’ ले मात्र सफल भयो । फिल्म ‘रामकहानी’ को सुरुवाती कलेक्सन सुखद रहेपनि सफलताको झन्डा फहराउने भने सफल भएन ।

वर्षको आधाउधी समयमा निर्माताको करीब २० करोड लगानी डुबिसकेको अवस्थामा असोज ५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को इनिसियल बक्सअफिस बम्पर हुँदा उक्त फिल्मले खडेरी लागेको फिल्मको व्यापारमा ठूलो सास भरेको थियो । यो फिल्मले शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ ।

प्रदर्शनको पहिलो हप्तामा ३ करोड ३० लाखको कलेक्सन गरेको फिल्म दोस्रो सातामा पनि प्रभावशाली देखिएको छ । निर्माता प्रज्वल सम्सेर जबराका अनुसार, दोस्रो हप्तामा फिल्मले घरेलु बजारबाट एक करोडको कारोबार गरेको छ । उक्त फिल्मको दुई हप्ते कलेक्सन ४ करोड ३० लाख ग्रस भएको छ ।

तेस्रो हप्ताबाट फिल्म राजधानी बाहिरका अधिकांश सिंगल पर्दाबाट उत्रिएको छ भने मल्टिप्लेक्समा अझै टिकिरहेको छ । राजधानीभित्र फिल्मले मल्टिप्लेक्समा अझै आफ्नो उपस्थिति कायम राख्दा मध्यमवर्गिय दर्शकको भीड लाग्ने केही सिंगल स्कृनमा पनि चलिरहेको छ । ‘छक्का पञ्जा ३’ रिलिजसँगै यो फिल्म अधिकांश हलबाट उत्रने तय छ ।

फिल्मले घरेलु बजारबाट ६ करोडमाथि कलेक्सन गर्न सफल भएमात्र लगानी सुरक्षित हुने स्रोत बताउँछ । निर्माता प्रज्वलले भने फिल्मको कलेक्सनबाट सन्तुष्ट रहेको बताएका छन् । ‘फिल्मले जति कमाएको छ त्यसबाट हामी खुसी छौं । नयाँ प्रोजेक्टका लागि थप जोश थपिएको छ’, उनले भने ।

‘इन्टु मिन्टु लण्डनमा’ टिमले अब ‘म २१ वर्ष’ (आई एम 21) नामक फिल्म निर्माण गर्दैछ, जसमा अभिनेता धिजर मगर दोहोरिनेछ । यो फिल्मबाट अभिनेता धिरजलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ । उनको उपस्थिति गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई थ्रेट हुने चर्चा सुरु भएको छ । फिल्मीखबरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);