तेस्रो सातामा ‘शत्रु गते’ | ईमाउण्टेन समाचार !function(f,b,e,v,n,t,s) {if(f.fbq)return;n=f.fbq=function(){n.callMethod? n.callMethod.apply(n,arguments):n.queue.push(arguments)}; if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version='2.0'; n.queue=[];t=b.createElement(e);t.async=!0; t.src=v;s=b.getElementsByTagName(e)[0]; s.parentNode.insertBefore(t,s)}(window,document,'script', 'https://connect.facebook.net/en_US/fbevents.js'); fbq('init', '937837263368491'); fbq('track', 'PageView'); !function(e,t,n,s,u,a){e.twq||(s=e.twq=function(){s.exe?s.exe.apply(s,arguments):s.queue.push(arguments); },s.version='1.1',s.queue=[],u=t.createElement(n),u.async=!0,u.src='//static.ads-twitter.com/uwt.js', a=t.getElementsByTagName(n)[0],a.parentNode.insertBefore(u,a))}(window,document,'script'); // Insert Twitter Pixel ID and Standard Event data below twq('init','o4fb9'); twq('track','PageView'); window.dataLayer = window.dataLayer || []; function gtag(){dataLayer.push(arguments);} gtag('js', new Date()); gtag('config', 'UA-76954474-2'); .modal--image { transform: none; max-width: 1000px; margin: 0 auto; margin-top: 10%; }

Our Network

फागुन २५ २०८०, शुक्रबार

तेस्रो सातामा ‘शत्रु गते’

satru gate

काठमाडौँ, २५ चैत । दर्शकलाई कमेडी स्वाद दिन सफल फिल्म ‘शत्रु गते’ ले रिलिजपछिका दुई सातामा सानदार व्यापार गरेको छ ।
फिल्म वितरकको दाबीलाई मान्ने हो भने प्रदीप भट्टराई निर्देशित फिल्मले दुई सातामा झन्डै आठ करोड रुपैयाँको व्यापार गरेको छ ।

शुक्रबारदेखि तेस्रो सातामा चलिरहँदा पनि फिल्म हलबाट टसमस भएको छैन । ‘शत्रु गते’ ले अझै उच्च सो नै पाइरहँदा त्यसको असर शुक्रबार नै रिलिज फिल्म ‘तिमीसँग’ लाई समेत परेको छ । ‘तिमीसँग’ कम हलमै पनि रिलिज हुँदा अर्को फिल्म ‘हिरोज’ ले भने रिलिज नै स्थगित गर्‍यो । फयामिली ड्रामा ‘शत्रु गते’ लाई वर्ड अफ माउथ राम्रो मिलेपछि व्यापारिक हिसाबले लामो दौड उन्मुख देखिएको हो ।

‘कलेक्सन राम्रो भएकैले अधिकांश हलमा फिल्मले तेस्रो सातामा पनि निरन्तरता पाएको छ,’ मोफसल वितरक विक्रम पराजुलीले भने । काठमाडौं उपत्यकाभित्रको वितरण जिम्मा सम्हालेका गोपालकाजी कायस्थले पनि दर्शक संख्या बढ्दो भएको जनाए । ‘शत्रु गते’ को सोज राजधानीका मल्टिप्लेक्समा समेत उल्लेख्य पाइरहेको छ । अन्य हलमा पनि फिल्मले सोज र दर्शक राम्रै पाइरहेको छ ।

‘दोस्रो सातामा एसईई दिएका विद्यार्थीको ओइरो लागेपछि फिल्मको व्यापारले झनै पिकअप लिएको हो,’ पटकथा लेखकसमेत रहेका निर्देशक भट्टराईले भने, ‘त्यो तहका दर्शकले फिल्म अझ रुचाइदिनुभएको छ ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय छ ।
मह सञ्चारको ब्यनारमा निर्मित ‘शत्रु गते’ लाई किरण केसीले प्रस्तुत गरेका हुन् । फिल्मलाई छायांकन दीर्घ गुरुङ र सम्पादन मित्र गुरुङले गरेका हुन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);