एलजी सिने अवार्डमा 'जात्रा'को वर्चस्व, 'छक्का पञ्जा' दोस्रोमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२४ साउन, काठमाण्डौँ । आर्मी अफिसर क्लबमा सोमबार आयोजित ‘एलजी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’ र ‘छक्का पञ्जा’को वर्चस्व रह्यो । अवार्डमा विभिन्न ६ वटा विधामा जात्राले आफ्नो वर्चस्व बनायो भने ‘छक्का पञ्जा’ले सर्वाधिक ग्रसर सहित पाँच विधामा अवार्ड पाएको हो ।

Actress Mala Singha
अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्र ५१ बर्षमा पुगेको अवसरमा चलचित्र माइतीघरका कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिएको थियो । माइतीघरका नायकरनायिका सि.पी लोहनी र माला सिन्हालाई विशेष सम्मान सहित उनीहरुको पोट्रेट पनि प्रदान गरिएको थियो । यस्तै द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो ।

समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, उद्योगपति विनोद चौधरी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ) लगायतका विशिष्ठ व्यक्तित्वको उपस्थिती रहेको थियो ।

एलजी सिने सर्कल अवार्ड २०७४? (सूचिसहित)
१. उत्कृष्ट फिल्मः जात्रा
२. उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ (जात्रा)
३. उत्कृष्ट नायकः विपिन कार्की (जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत (जात्रा)
५. उत्कृष्ट संगीतकारः कालिप्रसाद बास्कोटा –निर जहिले रिसाउने (पुरानो डुंगा)
६. उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)
७.उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पन्जा)
८. उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी (के म तिम्रो होइन र)
९. उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला (ठमेल बजार, लुट २)
१०. उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)
११. उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ (जात्रा)
१२. उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ ( गाजलु)
१३. उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)
१४. उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की (छक्का पन्जा)
१५. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी (छक्का पन्जा)
१६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मान्छे (नविन अवाल)
१७. उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला (छक्का पन्जा)
१८. उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य (जय पर्शुराम)
१९. उत्कृष्ट पपुलर सङ अफ द इयरः ठमेल बजार (लुट २)
२०. उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ (जय पर्शुराम)
२१. उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल (लुट २)
२२. उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ (छक्का पन्जा)

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);