रेखाले फेरिन् बोली: कमल थापालाई छोडेर पशुपतिलाई दिईन् साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ साउन, काठमाण्डौँ । नायिका रेखा थापाले राप्रपा प्रवेश गर्दै गर्दा आफ्नो भाषणको क्रममा भनेकी थिइन्, ‘यो मेरो पहिलो र अन्तिम पार्टी हो । म नेपालको र राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु ।’

तर यिनै रेखा थापाले आफ्नो बोली फेर्दै कमल थापा नेतृत्वको राप्रपालाई छोडेर पशुपति शमसेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)मा प्रवेश गरेकी छिन् ।

 

आफू कमल थापाको बीग फ्यान भएको बताउँदै आएकी रेखाले मंगलवार उनै कमल थापाको साथ छाडेकी छिन् । केहीदिन अगाडि मात्र पशुपति शम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए ।

 

मंगलवार रेखाले आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाउँदै कमल थापाको साथ छाडेकी हुन् ।

 

कमल थापाकै कारण राप्रपा नेपालको महाधिवेशनमा केन्द्रिय सदस्यमा समेत जित हासिल गरेकी रेखा पहिले एमाओवादी छाडेर राप्रपामा आएकी थिइन् । यद्यपी राप्रपामा आईसकेपछि भने आफूले कहिल्यै एमाओावादीको सदस्यता नलिएको जिकिर गरेकी थिइन् ।

रेगायिका कोमल वली भने कमल थापाकै पार्टीमा छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);