नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरवको विषयः उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरवको विषयः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरवको विषय भएको बताउनु भएको छ ।

उपराष्ट्रपति यादवले सिमित स्रोत, साधन र बजारको बाबदुत पनि नेपाली चलचित्र क्षेत्रले सन्तोषजनक फड्को मारेको उल्लेख गर्दै त्यो सबैका लागि गौरवको विषय भएको बताउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रकर्मीहरुको जुझारुपन र लगनशीलताका कारण यो क्षेत्रले सम्मानजनक अस्तित्व ग्रहण गर्न सफल भएको पनि स्पष्ट पार्नु भयो ।

चलचित्र क्षेत्रलाई समाजको ऐनको रुपमा चित्रण गर्दै उपराष्ट्रपति यादवले त्यसले मुुलुकको भेषभुषा, पहिरन, संस्कृति, भाषा र इतिहासको संरक्षण तथा सम्वद्र्धन पनि गरिरहेको स्मरण गराउनु भयो । उहाँले पर्दा पछाडि रहेर चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने प्राविधिक तथा कलाकारहरुलाई प्रोत्साहन गर्न सो कार्यक्रम आयोजना गरेको भन्दै एलजी सिने सर्कल अवार्ड व्यवस्थापनप्रति समेत आभार व्यक्त गर्नु भयो । उपराष्ट्रपति यादवले भन्नु भयो, ‘सिमित स्रोत, साधन र बजारको बाबजुत पनि चलचित्र क्षेत्रले सन्तोषजनक फड्को मार्नु हामी सबैका लागि गौरवको विषय हो । तपाई सम्पूर्ण सिनेकर्मीहरुको जुझारुपन र लगनशीलताका कारण यो क्षेत्र सम्मानजनक अस्तित्व ग्रहण गरेको सत्य हो । यो क्षेत्रले लाखौं नेपालीलाई मनोरञ्जनमात्रै प्रदान गरिरहेका छैन । हाम्रो मौलिक भेषभुषा, पहिरन, संस्कृति, भाषा र इतिहासको संरक्षण तथा सम्वद्र्धन पनि गरेकै छ । त्यसैले यो क्षेत्र भनेको समाजको ऐना पनि हो । विशेष गरेर चार दशक यता निरन्तर पर्दा पछाडि रहेर असाध्यै मेहनतका साथ कलाकारलाई श्रृङ्गार गरी अनुहारलाई आम जनताको माझ सुन्दर बनाएर देखाउने सन्तु तामाङ तथा आफ्नो जीवनलाई बिर्सेर ४ दशभन्दा बढि कलाकारको भोक मेटाउने नेपाली चलचित्र क्षेत्रका चर्चित भान्से जेठा दाई अर्थात् कूलबहादुर महतलाई सम्मान गर्न पाउँदा म असाध्यै खुशी महशुस गरेको छु । एउटा सृजनशील प्राविधिक मजदुरद्धयमा मेरो व्यक्तिगत सम्मान पनि व्यक्त गर्दछु । त्यस्तै प्राविधिकलाई हौसला तथा कलाकारलाई प्रोत्साहन गर्दै सम्मान गरिएको यो क्षणले उत्कृष्ट काम गर्ने वरिष्ठ व्यक्तित्वलाई सम्मान गर्नु पर्छ भन्ने सन्देश बोकेको महशुस गरेको छु ।’

कार्यक्रममा उपराष्ट्रपति यादवले चलचित्र क्षेत्रको चर्चित भान्से कूलबहादुर महत ‘जेठा दाई’लाई पनि सम्मान गर्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);