नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक : उपराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक : उपराष्ट्रपति यादव

काठमाडौं, १ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताउनु भयो ।

सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताउनु भयो । उहाँले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक रही इमान्दारीका साथ सही कार्यक्रम सञ्चालन हुने कुरामा विश्वस्त छु, प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्छ । यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ । सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ । नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा यो क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ । बहुभाषा र बहुसंस्कृति हाम्रा मौलिक पहिचान भएकाले त्यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी छ ।’

११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);