विधेयक पास भएमा चलचित्रलाई ऐतिहासिक सफलता मिल्नेछ : भुवन केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विधेयक पास भएमा चलचित्रलाई ऐतिहासिक सफलता मिल्नेछ : भुवन केसी

काठमाडौं, ३ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी आजै बुझाउने तयारी गरेको बताउनु भयो । उहाँले विधेयकलाई छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता मिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुन्छ । तसर्थ चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि यो क्षेत्र मर्यादित र व्यवस्थित बनाउनुपर्छ । माननीय मन्त्रीज्यु र श्रीमान सचिव ज्युको चासो र निर्देशन बमोजिम चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी बुझाउने छौँ । यसलाई सकेसम्म छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता हुनेछ ।’

संविधान दिवस २०८० को अवसरमा कलाकारिताको क्षेत्रबाट समाज र देशमा योगदान पु¥याउनुभएका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला लगायतका कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);