‘पोखली झरना महोत्सव’ कात्तिक १६ र १७ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

‘पोखली झरना महोत्सव’ कात्तिक १६ र १७ गते

pokali

ओखलढुंगा, १४ कात्तिक । ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ । पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पुर्‍याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ । ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);