जापानमा नेपाल महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

जापानमा नेपाल महोत्सव सम्पन्न

जापानमा नेपाल महोत्सव सम्पन्न

काठमाडौं, २ असार । जापानको नागोयामा पहिलो पटक नेपाल महोत्सव २०१९ आयोजना गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा नेपाल महोत्सव २०१९ आयोजना गरिएको हो ।

नेपाल महोत्सव अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकले जनाएका छन् । जुन १५ र १६ तारिकका दिन साकाय स्थित हिसाय दोहोरी पार्कमा गरिएको महोत्सवमा त्यहाँस्थित नेपाली र जापानी नागरिक अवलोकनकर्ताहरुको उल्लेख्य भीड लागेको थियो ।

महोत्सवले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई ठूलो टेवा पुर्याएको महोत्सव संयोजक पारसमणि पोख्रेलले बताउनुभयो । अवलोकनकर्ताहरुलाई नेपालको विशेषताबारे जानकारी गराउँदै भ्रमण बर्षको निम्ता पनि दिएको उहाँले बताउनुभयो।

महोत्सवमा नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीत लगायतका ३२ वटा स्टल राखिएको थियो । समग्र नेपालको विशेषता दर्शाउँदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रणा गर्ने सवालमा महोत्सव सफल त्यहाँस्थित विष्णु प्रसाद घिमिरेले जानकारी दिनुभयो । मेला आयोजक मध्येका भवानी पन्त पनि महोत्सव सफल भएको ठान्नुहुन्छ ।

नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी थिए । महोत्सवमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणको रुपमा रहेको थियो । त्यसैगरी नेपाली धर्म र संस्कृति झल्काउने बाजागाजा, विभिन्न जातजातिका विशेषता झल्काउने पोशाक, खानाका परिकार लगायतका स्टल थिए ।

महोत्सव अवधिभर विभिन्न जातिय भेषभुषामा सजिएका युवा युवतीले हामी नेपाली हो भन्दै र्याली निकालेका थिए । जातिय विशेषता अनुसारका भेषभुषामा गरिएको र्याली पनि महोत्सवको आकर्षक बनेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);