नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्न हुँदैन : जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्न हुँदैन : जनार्दन शर्मा

janardan

काठमाडौं, २ असार । सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापिकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गर्नुभयो ।

उहाँले संञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । उहाँले प्रविधिको नाममा ग्राहकलाई दुख दिने काम बन्द गरि प्रविधिको विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गर्नुभयो । फ्रिक्वईन्सी बाँडफाँडबारे समय समयमा चर्चा हुने गरेको भन्दै उहाँले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उहाँले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क थियो ।

कतै पनि नढल्किईकन दृढतापुर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । विभिन्न देशका लागि नियुक्त गरिएका राजदुतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उहाँले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । यसको बारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौ कसलाई हामी के गर्छौ भनेर भन्न पाईन्छ कि पाईदैन ? यसको बारेमा के गर्यो परराष्ट्रले जनताले थाहा पाउनुपर्दैन त्यो कुरा ? ” नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उहाँले विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);