दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएकाले नियन्त्रण गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएकाले नियन्त्रण गर्न माग

rastriya sabha sunya samaya

काठमाडौं, १६ साउन । राष्ट्रियसभा सदस्यहरुले दैनिक उपभोग्य वस्तुको बजार मुल्य आकासिएको भन्दै बजार मुल्य नियन्त्रणबारे सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले फलफुल तथा तरकारी लगायत खाद्यान्न तथा मासुमा अस्वभाविक मुल्य बढेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राधेश्याम अधिकारीले तरकारीको मुल्य अकासिदै गएको भन्दै बजार मुल्यबारे सदनमा छलफल गरिनुपर्ने बताउनुभयो । उहाँले खाद्यान्न लगायत मासुको मुल्य पनि आकाशिदै गएकाले बजार मुल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले सर्वसाधरणको मुलभुत आवश्यकता र अत्याधिक खर्च हुने तरकारी तथा खाद्यान्न सर्वसुलभ उपलब्ध गराउनेतर्फ राज्यले गरेको तयारीबारे सदनलाई जानकारी गराउन सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले हरेक क्षेत्रको नीतिगत र व्यवस्थापकिय दुवै तहमा सरकार चुकेको आरोप लगाउनुभयो । सरकारी शिक्षा र स्वास्थ्य क्षेत्र पनि प्रभावकारी हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

दिल कुमारी रावलले विभिन्न वहानामा तरकारी तथा खाद्यान्नको मुल्य बढाउने काम भईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सर्वसाधारणको आधारभुत आवश्यकताका बस्तु तरकारी, फलफुल तथा खाद्यान्नको सहज र सर्वसुलभ आपुर्तिको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

त्यसैगरी भुमिसंग जोडिएका समस्या सधैका लागि अन्त्य गर्ने गरि कार्ययोजना साथ काम गर्न, समन्यायीक विकासको अवधारणा अनुसार विकास निर्माणका आयोजना अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले बाढी प्रभावितको प्रभावकारी पुर्नस्थापनाको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

खिमलाल भट्टराईले विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा हुँदै आएको दलिय भागवण्डाको अन्त्य गर्न सरकार र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । निकट भविश्यमा नै सबै विश्वविद्यालयमा पदाधिकारीहरु रिक्त हुँदै गरेको भन्दै उहाँले सात वटै विश्वविद्यालयका पदाधिकारी चयनका लागि अधिकार सम्पन्न स्वतन्त्र सर्च कमिटी निर्माण गरि योग्यता र क्षमताका आधारमा उपकुलपति देखि विभागिय प्रमुख सम्मको नियुक्ति गर्ने कानुनी प्रवन्ध गर्न माग गर्नुभयो ।

उहाँले विश्वविद्यालयमा भईरहेको मनपरी, गैह् प्राज्ञिक कार्य रोक्न तथा विश्वविद्यालयलाई जनताप्रति उत्तरदायी बनाउन र विश्वविद्यालयको अनुगमन मुल्यांकन गर्नका लागि संघीय संसदले विशेष समितिको निर्माण गर्न माग गर्नुभयो ।

उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा एक सामुदायिक विज्ञान मावि खोल्न, प्रत्येक प्रदेशमा एक/एक वटा सामुदायिक मेडिकल र इन्जिनियरिङ क्याम्पस खोल्न आग्रह गर्नुभयो । विश्वविद्यालय सुधारका लागि बुँदागत सुझाव प्रस्तुत गर्दै भट्टराईले त्रिभुवन विश्वविद्यालयमा दलिय भागवण्डाको आधारमा हँुदै आएको उपकुलपति देखि विभागिय प्रमुख सम्मको नियुक्तिको परम्परा तोड्दै खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिविका अनुसन्धान केन्द्रहरु प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।

रामप्रित पासवानले अहिले पनि जातिय आरक्षण र एकाधिर कायम रहेको भन्दै जातिय असमानताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जातिय आधारमा पेशाप्रति नै अपमान गर्ने काम भएकाले जातिय आधारमा हुने विभेद अन्त्य तर्फ विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जितेन्द्र नारायण देवले तराईका जिल्लामा बर्षेनी हुने बाढी र डुबानको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बर्षेनी नियमित आकस्मिकताको रुपमा डुबान समस्या रहेको भन्दै उहाँले शोक बक्तव्य निकालेर, निरीक्षण गरेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले राज्यलाई ‘तमासे’ नबन्न गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

यसअघि शुन्य समयमा बोल्दै प्रकाश पन्तले कक्षा १२ को नतिजा प्रकाशनको केही समयमा नै सबै विश्वविद्यालयमा प्रवेश परीक्षाको म्याद सकिएको भन्दै कम्तिमा १५ दिन समय थप गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वविद्यालयहरुले नतिजा प्रकाशित नहुँदै प्रवेश परीक्षाको सुचना जारी गर्ने गरेकोतर्फ पनि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);