उठ्नै नसक्नेगरी नागरीकको ढाडमा बजारीन पुग्यो मुल्य बृद्धिको लौरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उठ्नै नसक्नेगरी नागरीकको ढाडमा बजारीन पुग्यो मुल्य बृद्धिको लौरो

सन्दिप शर्मा
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा भएको मुल्य बृद्धिको कारण जनताहरुले सास्ती खेप्नु परेको छ । नेपाली बजार ६ बर्ष यता कै उच्च मुल्य बृद्धिको बिन्दुमा पुगेको छ । दैनिक उपभोग्य नुन, तेल, दाल, चामल, ग्यास लगाएतका खाद्यान्न र इन्धनको मुल्य आकाशीएको छ । जसको कारण हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । मुल्य बृद्धिको असर हरेक क्षेत्रमा परेको भएपनि प्रत्यक्ष असर भने निम्न तथा मध्यम आय भएको घर परीवार र विद्यार्थीहरुमा परेको छ । दैनिक ज्यालादारी गरेर बिहान बेलुकी हातमुख जोड्ने वर्गकाहरुलाई त छाक टार्न समेत धौं धौं परेको ललितपुर स्थित पाटन ढोका अगाडि सडक पेटिमा बसेर जुत्ता सिलाउँदै आएका भागनारायण राम महाराले बताए । मेरो घर सर्लाही हो । सर्लाहीमा केही पनि छैन । यहाँ जुत्ता सिलाएर गुजरा चलाउँदै आएको छु तर महंगीले गर्दा कोठा भाडा समेत कसिरी तिर्ने उनले गुनासो पोखे । त्यसैगरी पाटन क्याम्पसमा अध्ययन गर्दै आएका पिउठान घर भएका तिलक कुमालको पनि दुखको व्यथा उस्तै छ । गाउँबाट पढेर शिक्षीत मान्छे बन्छु भनेर काठमाडौंमा आएको थिए , घरमा बाख्रा, कुखुरा, बेचेर पढ्न आएको हुँ, तर आकाशीएको बजार भाउले क्याम्पस आउजाउ गर्न समेत धौं धौं भएको छ उनले भने । तिलक र महारा जस्तै काठमाडौंमा नै ट्क्यासी चलाउँदै आएका कुमार श्रेष्ठको पनि गुनासो छ । ईन्धनको मुल्य पछिल्लो एक बर्षमा झण्डै दोब्बर भई सक्यो, ट्क्यासी चलाएर जेनतेन गुजरा गर्ने गरेको थिए अहिले त त्यही पनि गाह्रो भएको छ । उनले भने । खाना पकाउने ग्यास मात्रै २५ सय पुग्न लागि सक्यो, खाने तेल, चामल, चिनी, दालको त कुरानै छोडौं यसरी कहिले सम्म चल्ला खै उनको गुनासो छ ।

यसरी खाद्यान्नको मुल्य बृद्धि हुनुमा पेट्रोल, डिजेल लगाएतका ईन्धनमा भएको मुल्य बृद्धि र पर निर्भरता नै मुख्य कारण भएको जानकारवालाहरु बताउँछन् । जसको मारमा निम्न तथा मध्यम आएका भएका सर्वसाधारणहरु परेका छन् । अत्याधिक रुपमा भएको मुल्य बृद्धिलाई रोक्न कदम चाल्नु पर्ने सरकार व्यापारीहरुको प्रभावमा परी अन्तराष्ट्रिय स्तरमा नै मुल्य बृद्धि भएको भन्दै पन्छिएको छ । आफ्नो देशको नागरीकहरुको संरक्षण गर्नु पर्ने सरकारको कर्तव्य हो । तर उठ्नै नसक्नेगरी नागरीकको ढाडमा बजारीन पुगेको मुल्य बृद्धिको लौरो, रोक्नका लागी सरकारले कुनै कदम चालेको छैन । सरकारले आम उपभोक्ताको पक्षमा काम गर्न नसक्दा आम उपभोक्ताको आवाज बोल्न भनेर गठबन भएका उपभोक्ता बादी संस्थाहरु समेत यस बिषयमा कडा रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् । उपभोक्ताको पक्षमा बोल्नु पर्ने ठाउँमा रहेका उनिहरु सरकारले सुनुवाई नै नगरेको भन्दै पन्छिन खोज्छन् । आफुहरुले बारम्बार आवाज उठाएको तर आफ्नो माग सरकारले सुनुवाई नै नगरेको राष्ट्रिय उपभोत्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । सरकारले हाम्रो माग सुनुवाई गर्ने भन्दा पनि बिचौलिया प्रवेश गराएर कमाउ धन्दा गर्न लागेको उपभोत्ता हित संरक्षण नेपालका सचिव हरिप्रसाद मैनाली बताउँछन् । सरकारले जनताको क्षेत्रमा भन्दा पनि बिचौलिया र माफियाको क्षेत्रमा काम गरेको मैनालीको आरोप रहेको छ । बढी रहेको बजार भाउको बारेमा सरकारले बैलैमा ध्यान दिएर राहतका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने जरुरी देखिएको छ । समयमा नै सरकारले यसतर्फ ध्यान दिन नसक्ने हो भने जनताहरुमा भोकमरीको अवस्था आउन धेरै बेर लाग्ने छैन ।

भिडियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);