सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ७१ हजारमा कारोबार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ७१ हजारमा कारोबार

प्रमिला भण्डारी
काठमाडौं, २९ साउन । नेपाली बजारमा सुनचाँदिको मुल्यमा लगातार उत्तारचढाव आईरहेको छ । लगातार बढिरहेको सुनको मुल्य साउन २८ गते मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भयो जुन अहिले सम्मकै उच्च मुल्य हो । सुनको मुल्यमा बृद्धि भएपछि व्यवसायी र उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो समय नेपाली बजारमा सुनको भाउले हरेक दिन नयाँ नयाँ रेकर्ड बनाउने गरेको छ । साउन २८ गते प्रतितोला ७१ हजार पुगेको सुनको मुल्य बुधबार भने केहि घटेर ७० हजारमा कारोबार भएको छ । पछिल्लो समय नेपालमा सुनको मुल्यमा अत्यधिक बृद्धि भईरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा पनि त्यसको असर परेको हो । अमेरिका र चीनबीचको व्यापार युद्ध, अमेरिकी केन्द्रिय बैंकले गरेको ब्याजदर बृद्धि लगायतका कारण सुनको मूल्य बढेको हो । मुल्य बढेपछि बजारमा सुनको बिक्री ठप्प जस्तै भएको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार साउन १ गते यता प्रतितोला ६ हजार ५ सय रुपैयाँले सुनको मुल्यमा बृद्धि भएको छ । साउन १ गते प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन अहिले प्रतितोला ७१ हजार रुपैयाँसम्म पुगेको हो । सुनको मूल्यमा दैनिक नयाँ रेर्कड बनेपछि व्यवसाय नै संकटमा परेको व्यवसायीहरूको भनाई छ । व्यवसायीका अनुसार मुल्य बढेपछि सुन खरिद गर्ने ग्राहक नै छैनन् ।

सुन खरिद गर्न पसलमा पुगेका ग्राहकहरु मुल्य सुनेर फर्कने गरेका छन् । केहि धनी वर्गले जती मुल्य भए पनि किन्न सक्ने क्षमता भएकोले मुल्य बृद्धिको समस्या विशेष गरि आर्थिक अवस्था कमजोर भएका वर्गमा पर्ने सर्वसाधारणको भनाई छ ।

तीज लगायतका चाँडपर्व नजिकिदै गर्दा सुन महँगिएपछि  विक्रि ओरालो लागेको छ । मूल्य बढ्दै गएपछि विक्रि करिब ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ । सुनको मूल्य वृद्धि अहिले मात्र होइन । हरेक वर्षको चाडवाडको अगाडि यसरी नै सुनको मूल्य उकालो चढ्ने गर्छ । यसबाट सवसाधरण उपभोक्ता निरास बनिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);