छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय पुग्यो

gold shop

काठमाडौं, ९ भदौ । पछिल्लो समय सुनको मुल्य निरन्तर बृद्धि भईरहेको छ । भाद्र ८ गते आइतबार ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार १ हजारले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

सुनको यो मुल्य हाल सम्मकै उच्च भएको महासंघले जनाएको छ । अमेरिका र चीनबीचको व्यापार युद्ध, अमेरिकी केन्द्रिय बैंकले गरेको ब्याजदर बृद्धि लगायतका कारण सुनको मूल्य बढेको हो ।

मुल्य बढेपछि बजारमा सुनको बिक्री ठप्प जस्तै भएको छ । सुनचादी ब्यवसायीका अनुसार दैनिक पचास किलो सुनको कारोवार हुने नेपाली बजार मुल्य बढेयता पाँच केजीमा खुम्चेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);