अमेरिकालाई उछिन्दै चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

अमेरिकालाई उछिन्दै चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

एजेन्सी, १२ पुष । सन् २०२८ सम्ममा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक रिपोर्टले देखाएको छ । बेलायत स्थित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च सीईबीआरका अनुसार कोरोनाको कुशल व्यवस्थापनले’ आगामी वर्षहरुमा चीनको आर्थिक बृद्धि युरोप र अमेरिकाभन्दा बढी हुनेछ । रिपोर्टमा भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने उल्लेख छ ।

पहिलो पटक कोरोना महामारी देखापरे पनि चीनले तीव्र र कडा कदम चालेर संक्रमणलाई नियन्त्रण लिन सफल भएको छ । तर अमेरिका कोरोना महामारीले सर्वाधिक प्रभावित बनेको छ । कोरोना महामारीका कारण विश्वमा देखिएको आर्थिक मन्दी चीनको पक्षमा रहेको सीईबीआरको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा सन् २०२१ मा कोभिडपछिको अमेरिकी अर्थतन्त्रमा उछाल आउँदै सन् २०२२ देखि २४ सम्म वार्षिकरुपमा १ दशालव ९ प्रतिशतले वृद्धि हुने र त्यसपछि १ दशमलव ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरिएको छ । तर चीनको अर्थतन्त्र २०२५ सम्म ५ दशमलव ७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि २०३० सम्म ४ दशमलव ५ प्रतिशतले वार्षिकरुपमा बृद्धि हुने रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);