एजेन्सी , ११ पुष । इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव हुने भएको छ । लामो समयदेखि द्वन्द्वग्रस्त देशको रुपमा रहेको इथियोपियामा आउँदो जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरिएको हो ।
इथियोपियाको निर्वाचन आयोगलेका अनुसार सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो । त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।
इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको मृत्यु इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।




