सुडानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २ प्रहरीसहित १९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सुडानमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २ प्रहरीसहित १९ को मृत्यु

एजेन्सी, १३ पुस । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ ।

सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए ।

उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् । गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कर्फ्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);